PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोली लागि दुई पाकिस्तानी नागरिकको मृत्यु



पहिलोपोस्ट

काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोली लागि दुई पाकिस्तानी नागरिकको  मृत्यु

पाकिस्तानः प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा भारतीय प्रहरीकाे गोली लागेर बुधबार दुर्इ नागिरककाे मृत्यु भएकाे छ।  

झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि एकै परिवारका दाजुबहिनीको ज्यान गएको र अरु दुई जना घाइते भएकाे पाकिस्तानले जनाएको छ। 

मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए। 

आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ। सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell