PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

विवेकशील साझा पार्टीले भन्यो–वामपन्थी पार्टीहरुको तालमेलले दोहनकारी चरित्रलाई बलियो बनाउन सक्छ



पहिलोपोस्ट

विवेकशील साझा पार्टीले भन्यो–वामपन्थी पार्टीहरुको तालमेलले दोहनकारी चरित्रलाई बलियो बनाउन सक्छ

काठमाडौं : वामपन्थी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयासप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण गराएको छ।

पार्टीले विज्ञप्ती जारी गरी नेपाली राजनीतिले सम्बाेधन गर्नैपर्ने सुशासन, विकास र समृद्धिका मुद्धाहरुमा यो एकता प्रक्रियाले कस्तो भूमिका निर्वाह गर्न हो भन्ने कुरा अझै स्पष्ट नभएको उल्लेख गरेको छ।

उसले सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई हामी सकारात्मक रुपमा लिंदै त्यसको स्वागत गरेको छ।

विज्ञप्तीमा भनिएको छ,‘खासगरी विभिन्न अमिल्दा र कतिपय राजनीतिक मुद्धाहरुमा परस्पर विपरित धारणासमेत राख्दै आएका दलहरु बीचको हठात तालमेल तथा एकता प्रक्रिया मूल्य मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिन्छ। जसले एकातिर, नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारी, अपारदर्शी तथा दोहनकारी चरित्रलाई अझ बलियो बनाउने संभावना छ भने अर्कोतिर, विगतमा दलीय भागवण्डाद्धारा राज्यको दोहन गरिरहेका दलहरुको एकताले भविष्यमा पनि राज्य संचालनको तहमा अल्पतन्त्र (ओलीगार्की)लाई अझ वढी संस्थागत गर्ने जोखिम देखिन्छ।’

साझा पार्टीले आसन्न निर्वाचनको मुखैमा चाहेर वा नचाहेर वर्तमान राजनीतिक ध्रुविकरणले निम्त्याउन सक्ने राजनीतिक अस्थिरताको जोखिमलाईसमेत मध्यनजर गरेर सबै राजनीतिक दलहरुलाई जिम्मेवार र सतर्क रहन आग्रह गरेको छ।

‘यो नयाँ परिप्रेक्षमा विवेकशील साझा पार्टीले नेपालमा निष्ठा, आदर्श र सुसंस्कृत राजनीतिको औचित्य र आवश्यकता अझै बढेर गएको मात्र होइन, यसको महत्व र जिम्मेवारीसमेत झन् बढ्दै गएको महशुस गरेको छ’विज्ञप्तीमा भनिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell