PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

अस्कर जित्ने सम्भावनाको सूचीमा फिल्म 'सेतो सूर्य' पनि



पहिलोपोस्ट

अस्कर जित्ने सम्भावनाको सूचीमा फिल्म 'सेतो सूर्य' पनि

बलिउड अवार्ड विश्लेषक स्कट फेइनवर्गले नेपाली फिल्म 'सेतो सूर्य'लाई पनि अस्कर विजेता सम्भावित फिल्मीकाे सूचीमा राखेका छन्। अस्करमा विदेशी भाषाको फिल्मका लागि उनले सेतो सूर्य (ह्वाइट सन)लाई दावेदारको रुपमा प्रस्तुत गरेका हुन्।

बलिउड रिपोर्टरको लागि स्कटले गरेको विश्लेषणमा स्विजर्ल्यान्डको फिल्म द डिभाइन अर्डर, फिनल्यान्डको फिल्म टम अफ फिनल्यान्ड, थाइल्यान्डको फिल्म बाइ द टाइम इट गेट्स डार्क पनि सूचीमा छन्। विजेता बन्न सम्भावित फिल्मको सूचीमा विश्लेषकले ठाउँ दिएसँगै रोटन टोम्याटोजले पनि फिल्मलाई १० मा ७.५ दिएको छ।

डेभिड ब्रेकर र दीपक रौनियारले संयुक्त रुपमा लेखेको फिल्मले युद्दकालले परिवर्तन गराएको पारिवारिक, सामाजिक एवं मनोवैज्ञानिक अवस्थको कथा भन्छ। सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन्। सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ लगायतको अभिनय रहेको छ। ८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो। यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो।

सेतो सूर्यको सहभागिता रहने ९०औं संस्करणको अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चना सक्किनेछ। अन्तिम कार्यक्रम क्लालिफोर्नियामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell