PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

वामपन्थी एकता कम्युनिष्टहरुका लागि कलंक होः सिपी गजुरेल



पहिलोपोस्ट

वामपन्थी एकता कम्युनिष्टहरुका लागि कलंक होः सिपी गजुरेल

काठमाडौ : नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिएका छन्। 

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिएका हुन्। 

उनले भने,‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन, र तीन पार्टीहरु अब दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियाकरणको बाटोमा अघि बढेका छन्, त्यसैले उनीहरुको मोर्चा प्रतिक्रियाकरणको मोर्चा हो।’

एमाले, माओवादी र नयाँशक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको उनको आरोप थियो। 

उनले भने,‘यीनीहरुको यो वाम तालमेलबाट कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउने कुरा त परै जाओस्, एकीकृत कम्युनिष्ट पार्टी बन्नेवालापनि छैन।’

उनले एमालेको सच्चा देशभक्तको खोलपनि अहिले आएर नाँगिएको बताए। उनले भने,‘एमालेको देशभक्तको मुकुण्डो उदाङ्गियो, कम्युनिष्टहरुको नाममा कलंक हो, यो त भ्रष्टाचारीहरुको अखडा हो।’ 

यद्धपी उनले तीन पार्टीवीचको गठबन्धनले नेपाली राजनीतिमा नयाँ धुव्रिकरण भने ल्याउने विश्वास दिलाए। 

उनले माओवादी केन्द्र जनयुद्धको असली उत्तराधिकारी नभएकोसमेत आरोप लगाए। उनले भने,‘हुन त माओवादी केन्द्रले हामी नै जनयुद्धको उत्तराधिकारी हो भनेर जनतामा भ्रम पार्यो, तर यो सब झुठको खेती हो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell