PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अवरुद्ध सिद्धबाबा सडक एकतर्फी सञ्चालन



पहिलोपोस्ट

पाल्पा :  पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। 

आज सडक मर्मतका लागि चार घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रुले निकै सास्ती भोग्नु परेको छ। पाँच दिनदेखि लगातार सडकमाथिबाट ठूल्ठूला चट्टानसहितका ढुंगा खसेर सडक छिनछिनमै खुल्ने र बन्द हुने भइरहेको छ। 

सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरो खसेर धेरै यात्रुले अकालमै ज्यान गुमाउनु परेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell