PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अफगानिस्तानमा ८१ जना तालिबान लडाकू मारिए



पहिलोपोस्ट

अफगानिस्तानमा ८१ जना तालिबान लडाकू मारिए

काबुल : अफगानिस्तानका विभिन्न भूभागमा २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका विरुद्ध गरेको कारबाहीमा ८१ जना लडाकू मारिएका छन्। 

अफगान सेना र प्रहरीले गरेको कारबाही र केही स्थानमा भएका भिडन्तहरुमा परी लडाकू मारिएका हुन्। अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ। अफगानिस्तानको गृह मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी गरेकाे छ। 

यस कारबाहीमा मारिनेमा केही तालिवान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो समयमा आइएसका लडाकूहरुले हिंसात्मक क्रियाकलापहरु जारी राखेकाे जनाएकाे छ। सोही सूचनाको आधारमा कारबाही गरिएको अफगान सेनाले जानकारी दिएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell