PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

चित्रबहादुर केसीले भने–चुनावमा नेपाली कांग्रेससँग तालमेल हुन्छ



पहिलोपोस्ट

चित्रबहादुर केसीले भने–चुनावमा नेपाली कांग्रेससँग तालमेल हुन्छ

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको एकतालाई आफूहरुले नौलो विषयको रुपमा नलिएको बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा अध्यक्ष केसीले उनीहरुसँग आफ्नो पार्टीको एकता हुनै नसक्ने स्पष्ट पारे। उनले भने,‘हाम्रो पार्टीले उनीहरुसँग एकता गर्दैन, चुनावी एकता मात्रै हुन्छ।’ 

केसीले  भने,‘तीन पार्टीबीच एकता प्रयास हुँदैमा किन यस्तो खैलाबैला र रुवानी छ।’ संसदमा सँगै हिँडिरहेका दलहरुले चुनावी एकता गर्नु नौलो कुरा नभएको उनको टिप्पणी थियो। 

उनले भने,‘अहिले अचम्म हुनुपर्ने थिएन, बरु अचम्म त एमाले र माओवादी केन्द्रसँगै हुँदा जसरी माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्यायो त्यो अचम्म थियो, यो त सामान्य नै हो।’

एमाले, माओवादी केन्द्र र नयाँशक्तिको एउटै पहिरन, एउटै भान्छा भएकाले मिल्नु नौलो कुरा नभएको केसीले बताए। 

उनले मंसिरमा हुने चुनावमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको गठबन्धनसँगै मात्रै नभएर नेपाली कांग्रेससँग पनि तालमेल हुने जानकारी दिए। 

उनले भने,‘स्थानीयतहको निर्वाचनमा पनि हामीले धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेका थियौं, फेरि पनि गर्छौं।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell