PahiloPost

Jun 24, 2025 | १० असार २०८२

बाघको पहिचान गर्न सामुदायिक वनमा क्यामेरा जडान



राजेन्द्र आचार्य

बाघको पहिचान गर्न सामुदायिक वनमा क्यामेरा जडान

चितवन :  चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको पहिचानका लागि निगरानी सुरु गरिएको छ। 

पछिल्लो पटक असोज १६ गते सो वनमा एक महिलालाई बाघले आक्रमण गरी मारेपछि बाघको पहिचानका लागि निगरानी सुरु गरिएको हो।
 
आक्रमण गर्ने बाघको पहिचानका लागि त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको वन कार्यालयका सचिव भरतप्रसाद नेपालले जानकारी दिए।

कस्तो प्रकृतिको बाघ हो भन्ने बारे पहिचान गर्न बुधवार २ वटा क्यामेरा जडान गरिएकोमा बिहीबार थप ४ वटा जडान गरिने कार्यालय सचिव नेपालले वताए।

 प्रायः वुढो बाघ, घाईते र वौलाहा बाघले मात्रै मान्छेलाई आक्रमण गर्दछ।

कार्यालय सचिव नेपालले भने – त्यस्तो खालको रहेमा नियन्त्रणमा लिनका लागि क्यामेरा ट्रयापिङ गरिएको हो। कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिरावहादुर गुरुङका अनुसार आक्रमण गरेको क्षेत्र जनकपुर पोष्ट नजिक क्यामेरा जडान गरिएको हो। 

क्यामेरालाई क्रस गर्दा बाघको तस्वीर क्यामेरामा कैद हुन्छ र पछि बाघको पहिचान गर्न सकिने अध्यक्ष गुरुङले वताए।

असोज १६ गते खैरहनी १३ सिमरेनीकी २० वर्षिया एलिना चौधरीलाई बाघले आक्रमण गर्दा ज्यान गएको थियो।

योसँगै हालसम्म कुमरोज वनमा ६ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ। 

कुमरोज मध्यवर्ती सामुदायिक वनले बाघको पहिचानका लागि क्यामेरा जडान गरिएकाले वन क्षेत्रमा प्रवेश नगर्न उपभोक्तालाई सचेत गराएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell