PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रधानमन्त्रीद्वारा कानुन व्यवसायीसँग परामर्शः संवैधानिक रुपमा सरकार सुरक्षित रहेको कानुनविद्को सुझाव



रमेश वाग्ले

प्रधानमन्त्रीद्वारा कानुन व्यवसायीसँग परामर्शः संवैधानिक रुपमा सरकार सुरक्षित रहेको कानुनविद्को सुझाव

काठमाडौः   प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पन्न हुनसक्ने परिस्थितिका बारेमा कानुन व्यवसायीहरुसँग परामर्श गरेका छन्। 

बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एकताको तयारी गरिरहँदा सरकारमा कानुनी अड्चन आए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीसँग परामर्श गरेका हुन्।

प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई सरकारविरुद्ध प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव ल्याए के हुन्छ भनी प्रश्न गरेका थिए।

कानुन व्यवसायीहरुले संविधानको व्यवस्थाअनुसार अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र ल्याए पनि विश्वासको मत राख्न सकिने बताएका थिए। 

छफलमा सहभागी एक कानुन व्यवसायीले भने,‘ निर्वाचनको घोषणा गरिसकेको सरकारलाई अविश्वासको मत राख्दा कुनै समस्या पर्दैन।’
संसदको अवधि नै सकिने गरी अविश्वासको प्रस्ताव नआउने बताएका थिए।

छलफलमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, पूर्वअध्यक्ष लगायत २० जना कानुन व्यवसायीहरु सहभागी थिए। विगतमा माओवादी केन्द्रले ओली सरकारकाविरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याएपछि सरकार ढलेको थियो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell