PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

वाम गठबन्धनको काउन्टरमा कांग्रेसले बनायो चुनावी गठबन्धन 



पहिलोपोस्ट

वाम गठबन्धनको काउन्टरमा कांग्रेसले बनायो चुनावी गठबन्धन 

काठमाडौं : सत्तामै रहेको नेकपा माओवादी केन्द्रले सत्तासाझेदार दलसँग सम्बन्ध टुटाउँदै वाम एकताका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य अघि बढाएको भोलिपल्ट नेपाली कांग्रेसले पनि चुनावी सहकार्यका लागि प्रकृया अगाडि बढाएको छ।

आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेताबीच आगामी चुनावमा सहकार्य गर्न सहमति भएको हो। 

प्रधानमन्त्री देउवाका प्रेस विज्ञ गोविन्द परियारले फेसबुक स्टाटसमार्फत् सहमति भएको सार्वजनिक गरेका छन्। सहमति अनुसार चुनावमा सहकार्यका लागि ७ सदस्यीय कार्यदल गठन हुने भएको छ। कांग्रेसबाट दुई र अन्य दलबाट एक/एक सदस्य रहनेगरी कार्यदल गठन हुनेछ। भोलिदेखि नै शीर्ष दलको बैठकले छलफल प्रकृया अगाडि बढाएर सहकार्य थाल्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell