PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिकृत नियुक्त



पहिलोपोस्ट

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौँः निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ। 

आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। 

साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नियुक्त भएका पदाधिकारीबाटै आफ्नो निर्वाचन क्षेत्रभित्रपर्ने दुई÷दुई वटा प्रदेशसभाका निर्वाचन क्षेत्रको समेत निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी दिइएको पनि प्रवक्ता ढकालले बताए। 

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जगेडामा रहेका अन्य नौ जना अधिकृतलाई निर्वाचन आयोगले असोज २४ र २५ गते काभ्रेको धुलिखेलमा तालिम प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ। आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा १६५ जनालाई नियुक्त गरेको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell