PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

अमेरिकी सेनाको हवाई हमलामा सिरियामा ४५ सर्वसाधरणको मृत्यु



पहिलोपोस्ट

अमेरिकी सेनाको हवाई हमलामा सिरियामा ४५ सर्वसाधरणको मृत्यु

दमासकस: इस्लामिक स्टेट्स (आइएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन्।

अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन्। आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आतंकवादीहरू बस्ने गरेको भवनहरूमा आक्रमण गरेको थियो।

पछिल्लो समयमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले शृङ्खलाबद्ध आक्रमण बढाउँदै लगेको छ। हवाई आक्रमण बढ्दै गर्दा दैनिक रूपमा मृत्यु हुने नागरिकको संख्यामा पनि वृद्धि भएको अधिकारीहरूले बताएका छन्।

सिरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघलाई पत्राचार गर्दै अमेरिकी नेतृत्वको गठबन्धन सेनाबाट भएको ‘अपराध’ रोक्न विश्व समुदायलाई आह्वान गरेको छ।  रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell