PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कम्युनिष्टहरु मिलेर हैन, कांग्रेस आफै नमिले मात्र चुनाव हार्छ -सुजाता



रमेश वाग्ले

कम्युनिष्टहरु मिलेर हैन, कांग्रेस आफै नमिले मात्र चुनाव हार्छ -सुजाता
तस्बिर: फाइल

काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेस ‘सेन्ट्रिष्ट’ पार्टी भएकाले ‘लेफ्टटिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउन नहुने बताएकी छन्।

वाम गठबन्धनका कारण राजनीति तरंगित भइरहेका बेला आफ्नै निवासमा सञ्चारकर्मीसँग कोइरालाले गठबन्धनमा लाग्ने भन्दा पार्टीभित्रको एकता बलियो बनाउन लाग्नुपर्ने बताइन्।

‘हिजो गिरिजाबाबुलाई पनि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउन दवाब आएका थिए। त्यसबेला गिरिजाबाबुले मुलुकलाई ध्रुवीकरणमा लैजाँदा द्वन्द्व बढ्छ भनेर रोक्नुभएको थियो’, कोइरालाले भनिन्, ‘तर अहिले कम्युनिष्टहरुले सुरु गरे। कांग्रेस त्यो बाटोमा जान हुँदैन।’

उनले कांग्रेस ‘सेन्ट्रिष्ट’ पार्टी भएको भन्दै ‘लेफ्टिस्ट’ र ‘राइटिस्ट’ दुबैलाई डोहोर्‍याएर हिड्नुपर्ने बताइन्।

 

कांग्रेस एक भए कसैले हराउन सक्दैन

नेतृ कोइरालाले अहिलेसम्म कांग्रेसलाई कांग्रेसले मात्र हराइरहेको भन्दै पार्टी एक भए कसैले हराउन नसक्ने बताएन्।

‘कम्युनिष्टहरु मिलेर के गर्छन भन्ने चिन्ताभन्दा कांग्रेस के गर्छ भन्ने चिन्तन गर्नुपर्योे’, उनले भनिन्, ‘आफूभन्दा फरकलाई सिद्ध्याउनका लागि नेतृत्व नै लाग्ने कुरा बन्द गर्नुपर्यो ।’

उनले नेतृत्वले नै फरक विचार नसुन्ने र आफूभन्दा फरकलाई सिद्ध्याउने खेल बन्द नगरे कांग्रेस समाप्त हुन सक्ने चेतावनी दिइन्।

‘मैले माओवादीसँग मिल्न हुँदैन। आफ्नो शक्तिलाई आफैले कमजोर सोच्न हुँदैन भन्दै आएकी हुँ। तर, नेतृत्वले अन्य प्रदेशमा माओवादीसँग तालमेल गर्दा के परिणाम पायो सबैलाई थाहा छ’, सुजाताले भनिन्, ‘प्रदेश नम्बर दुईमा त माओवादीलाई भोट हाल्न निर्देशन समेत भएको पाइयो।’

माओवादीलाई अनावश्यक बोक्न खोज्दा स्थानीय चुनावमा क्षति भएको भन्दै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि बृहत् प्रजातान्त्रिक मोर्चा वा अन्य नाममा गठबन्धन भए कांग्रेसलाई थप क्षति हुने बताइन्।


‘छिमेकी सम्बन्ध व्यालेन्स गर्नुपर्छ’

नेतृ कोइरालले छिमेकी मुलुक भारत र चीनसँगको सम्वन्ध समदूरीमा राख्नुपर्ने बताइन। उनले आफूले प्रधानमन्त्रीलाई डेलिगेसनसहित चीन जानु सुझाव दिएको पनि बताइन। भारतसँगको सम्बन्धमा पार्टी वा सरकारभन्दा पनि व्यक्ति हावी भएको सुजाताको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell