PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नारायणी नदीले बगाएर दुई जना बेपत्ता



पहिलोपोस्ट

नारायणी नदीले बगाएर दुई जना बेपत्ता

नवलपरासी : नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।

कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुई जना बेपत्ता भएका प्रहरीले जनाएको छ। 

बेपत्ता हुनेमा स्थानीय १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो छन्। बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ।

पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि साथीले आफन्तलाई खबर गरेका थिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell