PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

धनकुटाको पाख्रिवासबाट १२ जुवाडे पक्राउ



पहिलोपोस्ट

धनकुटाको पाख्रिवासबाट १२ जुवाडे पक्राउ

धनकुटा : प्रहरीले धनकुटाको पाख्रिवासबाट प्रहरीले  १२ जना जुवाडेलाई पक्राउ गरेको छ। 

बुधबार साँझ पाख्रिबास नगरपालिका–४ स्थित दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना साथै १६ थान कौडा, तीन बुक ताससहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जुवा खालबाट तीन लाख ५० हजार नगदसमेत बरामद गरिएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए। 

सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले जुवाडे पक्राउ गरेको छ।

धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell