काठमाडौँ: गायक सिताराम पोखरेलले आफ्नो जन्मदिन बौद्धिक अपाङ्गता भएकाहरुसँग मनाए। उनले जन्मदिनकाे अवसरमा बुधबार काठमाडौँ, गोकर्णमा रहेको स्वास्थ्य समाज नेपालमा आश्रित बालबालिकाका लागि खाद्यन्न उपलब्ध गराएका हुन्।
संस्थापक सीता श्रेष्ठलाई ६ महिनाका लागि सामाग्री हस्तान्तरण गर्दै उनले केकसमेत काटे। चौध वर्षदेखि पोखरेल आफ्नो जन्मदिन विभिन्न संघ, सस्था वा पीडितलाई सहयोग गर्दै मनाउँदै आएका छन्। उनले भने,'हरेक वर्ष थप एउटा वसन्त पार गर्नुको खुशी जीवनकै लागि संघर्षरतहरुसँग मनाउनुले संनतुष्टि दिन्छ।'
'आँखाको नानि हौ तिमी' बोलको गीतबाट चर्चामा आएका सिताराम २०४४ सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय छन्।