PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नेपाल आइडलको अन्तराष्ट्रिय कन्सर्ट सुरु, अस्ट्रेलियामा पनि कार्यक्रम



पहिलोपोस्ट

नेपाल आइडलको अन्तराष्ट्रिय कन्सर्ट सुरु, अस्ट्रेलियामा पनि कार्यक्रम

काठमाडौं : नेपाल आइडलको टप थ्री विजेता बुद्ध लामा, निशान भट्टराई र प्रताप दासकाे पहिलो अन्तराष्ट्रिय कन्सर्टको लागि बुधबार दुबई प्रस्थान गरे। लगत्तै नेपाल आईडलका टप थ्री अस्ट्रेलियाका केही सहरको लागि पनि कार्यक्रम तय भएको छ।

नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप थ्रीलाई लिएर अस्ट्रेलिया कार्यक्रम आयोजना गर्ने भएको हो। डिसेम्बर १ को लागि तय भएको कार्यक्रम सिड्नीको ओलम्पिक पार्क स्पोर्ट्स सेन्टरमा हुने बताइएको छ।

नेपाल आइडलको अस्ट्रेलियाव्यापी भ्रमण आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म हुनेछ। सिडनीसँगै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत टप थ्रीले प्रस्तुती दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell