PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भ्यानको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

झापा :  भारतीय नम्बरको पिकअप भ्यानको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ।

पिकअप भ्यानको ठक्करबाट कमल गाउँपालिका–५ का ४५ वर्षीय खेम चम्लागाईंको मृत्यु भएको हो।

पश्चिमबाट पूर्व गइरहेको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell