PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

घोराही बजारमा फ्री वाइफाई सेवा 



पहिलोपोस्ट

घोराही बजारमा फ्री वाइफाई सेवा 

दाङ : दाङको घोराही उपमहानगरपालिकाले बुधबारदेखि बजारमा फ्री वाइफाई सेवा प्रारम्भ गरेको छ। 

वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम तुलसीपुर चोकमा जडान गरिएको फ्री वाइफाई सेवा सबैले उपभोग गर्न सक्नेछन्। 

उच्च क्षमता रहेको वाइफाईले २०० मिटर आसपाससम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिए। 

इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ड लिंकसँगको समन्वयमा वाइफाई जडान गरिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell