PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

प्याडककी केटीसाथीले भनिन्– यस्तो नरसंहारको योजना मलाई थाहा थिएन



पहिलोपोस्ट

प्याडककी केटीसाथीले भनिन्– यस्तो नरसंहारको योजना मलाई थाहा थिएन
फोटो श्रोतः bbc.com

लस भेगसः अमेरिकी सहर लस भेगासमा आइतबार राति गोली हानी ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको योजना प्याडकले बनाएको आफूलाई केही थाहा नभएको बताएकी छन्। 

प्रहरीसँगको बयानमा उनले आफूलाई यसबारेमा केही थाहा नभएको बताएकी हुन्। बन्दुकधारीले लस भेगासमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास स्वरुप प्रहरीले उनीसँग पनि सोधपुछ गरेको थियो। 

उनकी केटीसाथी मार्लो डेन्लीसँग प्रहरीले बुधबार सोधपुछ गरेको छ। सोधपुछका क्रममा उनले यस्तो हिंसात्मक गतिविधिकाबारेमा आफूलाई थाहा नभएको र यस्तो योजनाको बारेमा पनि उनले केही नभनेको बताइन्।

उनको बयानपछि हत्याकाण्ड थप रहस्यमय बन्न पुगेको पनि समाचारमा उल्लेख गरिएको छ। 

अमेरिकी सरकारी वकिकले पनि मार्लो डेन्लीले यसअघि उनको स्वभाव स्नेही र दयालु रहेको तर यस्ता हिंसात्मक क्रियाकलापका बारेमा कहिल्यै पनि कुनै कुरा आदानप्रदान नगरेको बयान उनले दिएकी जनाएका छन्। 

मार्लो हाल फिलिपिन्समा बस्दै आएकी छिन्। उनी अष्ट्रेलियन नागरिक हुन्। उनी करिव २० वर्षअघि क्यासिनोमा काम गर्नभन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले जानकारी दिएको थियो। 

आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ। उनले लस भेगसमा आइतबार राति भएको सांगितिक प्रस्तुतीको समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए। 

अन्धाधुन्ध गोली प्रहारबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन्। उनी बसेको सोही होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए। 

प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको र त्यसैका आधारमा हमलामा उनलाई पनि कुनै सूचना हुनसक्ने अनुमानका आधारमा प्रहरीले सो कुरा बुझ्न खोजेको हो। 

प्रहरीले अनुसन्धान जारी राखेको छ तर त्यसको उद्देश्य वा किन प्याडकले नरसंहार गरेका थिए भन्ने तथ्यको नजिक पुग्न सकेको छैन। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell