भक्तपुर : भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा तीन लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको थियो।
आगलागीबाट रेदिहाङ खाजा पसलमा रहेको पाँच थान ग्यास सिलिण्डर, एक थान फ्रिज, भाँडा वर्तन, एउटा मोटरसाइकल, दुई वटा पानीट्याङ्की जलेर क्षति पुगेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो।रासस