PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नुवाकोटमा यात्रुसँग लिएको बढी भाडा प्रहरीले गरायो फिर्ता 



पहिलोपोस्ट

नुवाकोट : दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको छ। 

पर्वका समयमा चालकले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि आज विभिन्न स्थानमा जाँच गरी सातवटा सवारी साधनका चालकलाई कारबाही गर्नुका साथै ती सवारी साधनमा यात्रा गर्ने १६५ यात्रुको १८ हजार रुपैयाँ फिर्ता गरिएको कार्यालय इञ्चार्ज अर्जुन पौडेलले जानकारी दिए। 

तोकिएको भन्दा बढी भाडा लिएको भन्दै यात्रुबाट आएको गुनासोका आधारमा सातवटा सवारीसाधनले लिएको बढी भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराएर सवारीसाधनलाईसमेत कारबाही गरी दश हजार ५०० राजश्व संकलन गरिएको उनले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell