PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

कुवेतबाट एक नेपाली कामदारको उद्धार



पहिलोपोस्ट

नवलपरासीः वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ। 

कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ का मीनराज भुसाल १० वर्षपछि घर फर्किएका हुन्। 

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुसाललाई घर फर्काइएको हो। दश वर्ष बितिसक्दा पनि भुसाल घर नफर्केपछि अलपत्र परेको हुनसक्ने परिवारले आशंका गरेपछि समाजले भुसालको उद्धार गरेको हो।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell