PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

कुटपिटबाट सिरहामा एक जनाको मृत्यु



पहिलोपोस्ट

कुटपिटबाट सिरहामा एक जनाको मृत्यु

लहानः कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ का ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। 

असोज ९ गते राति रायमाथि धारिलो हतियार प्रहार भएको थियो। टाउकामा धारिलो हतियार र जीउभरि रडले हानेको निलडाम रहेको अवस्थामा उद्धार गरी रायलाई तत्कालै जिल्ला अस्पताल पुर्याइएको थियो। 

प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई विराटनगर पठाइएकामा त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलिगुडी लगिएको प्रहरीले जनाएको छ। 

सिलिगुडीबाट पनि थप उपचारका लागि दिल्ली लैजान चिकित्सकले सल्लाह दिएकाले लैजाने तयारी गर्न लाग्दा रायको मृत्यु भएको प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। 

रायलाई कुटपिट र धारिलो हतियार प्रहार गरेको आरोपमा स्थानीय कुवर यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए। घटनामा संलग्न रहेको भनिएका अन्य चार÷पाँचजना फरार रहेको जनाइएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell