PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

पर्सामा करिब १५ सयको जमानत जफत



राधेश्याम पटेल

पर्सामा करिब १५ सयको जमानत जफत

वीरगंज : तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा करिब १५ सय जना उम्मेदवारहरुको जमानत जफत भएको छ। 

कूल खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ। कार्यालयका अनुसार पर्सामा १४९५ जना उम्मेदवारको जमानत जफत भएको हो। प्रमुख पदमा ११४, उपप्रमुखमा ४७ र पद गरी कुल १४९५ जनाको जमानत जफत भएको जिल्ला प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले जानकारी गराए। पर्साको १४ तहमा ५८८ वटा पदको लागि ३६२७ जनाले मनोनयन दर्ता गराएका थिए।

जानकारी अनुसार नेकपा माओवादी केन्द्रकी वीरगंज महानगरपालिकाकी उपप्रमुखकी उम्मेदवार दुर्गा क्षेत्रीले ५ हजार २८ मत ल्याएपछि उनको जमानत पनि जफत भएको छ। नेकपा मालेका तर्फबाट मेयर लक्ष्मीराज न्यौपानेकाे १४४ मत, नेकपा कम्युनिस्ट संयुक्तकी बबिता देवीकाे ६७, जनता दलकी गौतली राउतकाे १२७ मत ल्याएकाले उनीहरुकाे जमानत पनि जफत भएको छ।

वीरगंजबाट ५०५ जना, बहुदरामाई नपामा १०३ जना, पोखरिया नपामा ११८ जना, पर्सागढी नपामा १०० जनाकाे गाउँपालिका अन्तर्गत पटेर्वा सुगौली गापामा ७६, ठोरी गापामा १५, जीराभवानी गापामा ५६, कालिकामाई गापामा ५९, सखुवा परसौनी गापामा १२८, विन्दवासिनी गापामा ६८, पकाहा मैनपुरमा गापामा ८५, धोबिनी गापामा ५६, जगरनाथपुर गापामा ६६, छिपहरमाई गापामा ६० जना गरी कुल १४९५ जनाको जमानत जफत भएको छ। 

जगरनामथपुर गापाको अध्यक्ष उम्मेदवार राजपा नेपालका आफताब मियाँ धुनिया ८१९, एमालेका वासुदेव रामले ७०१ मत पाएका छन्। धोबिनी गापाको अध्यक्षका उम्मेदवार फोरम लोकतान्त्रिकका उमेशप्रसाद कुशवाहा १५८, माओवादी केन्द्रका जोगेन्द्र साह कानूले ३३८ मत पाएपछि जमानत जफत भएको छ। पकाहा मैनपुर गापाको अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका मदन हजरा दुसाधले ५३१ मत, नेकपा संयुक्तका धामु शर्माले ३५४ मत प्राप्त भएपछि जमानत जफत भएको छ। विन्दवासिनी गापामा राप्रपाका अङ्गद ठाकुरले १८३, माओवादी केन्द्रका होदा राउत गद्दीले ४९३ मत पाएपछि जमानत जफत भएको छ। 

सखुवा परसौनी गापाको अध्यक्ष उम्मेदवार नेकाका साबिर हुसेनले ६०२, माओवादी केन्द्रका बिहारी महराले ३०८, राजपा नेपालका मैनुद्दीन अन्सारीले २४४, राष्ट्रिय जनमोर्चाका जगमोहनप्रसाद गौरोले ८०, बहुजन शक्ति पार्टीका नूर आलम अन्सारीले ७९ मत पाएपछि जमानत जफत भएको छ। 

कालिकामाई गापाको अध्यक्ष उम्मेदवार माओवादी केन्द्रका शम्भुप्रसाद पालकाे २९८ मत, राजपा नेपालका रणवीरप्रसाद कुशवाहाले ३३२ मात्र मत यसैगरी जीराभवानी गापाको अध्यक्ष उम्मेदवार नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार अजैबीनाथ गौरोले ५३२, राजपाका शम्भुप्रसाद यादवले ३७६, फोरम नेपालका बिकाउप्रसाद यादवले ५३६ मत पाएपछि जमानत जफत भएको छ। 

ठोरी गापाको अध्यक्ष उम्मेदवार राप्रपा (प्र)का प्रताप पाख्रिनकाे १०७ मत, लोकतान्त्रिक फोरमका रामबहादुर पाख्रिनले ११ मत, पटेर्वा सुगौलीको अध्यक्ष उम्मेदवार फोरम नेपालका उरेन्द्र राउत थारूले ४०३, बहुजन शक्ति पार्टीका हरिमहरा चमारले २३३, नेपाली जनता दलका लालबाबूमहरा चमार ७५१, माओवादी केन्द्रका सूर्य दहित २२८ मत पाएपछि जमानत जफत भएको छ। 

पर्सागढी नपाको मेयर उम्मेदवार राजपा नेपालका मैनुल हक अन्सारीले ८८, राप्रपाका धु्रवप्रसाद उपाध्याय ७०, माओवादी केन्द्रका धनबहादुर श्रेष्ठ ५११, फोरम लोकतान्त्रिकका धुरेन्द्रप्रसाद यादव ७९, जनमोर्चाका खलील मियाँले १८, बहुजन शक्ति पार्टीका जयप्रकाश महराले ६९५ मत पाएपछि उनीहरूको जमानत जफत भएको छ।  

पोखरिया नपामा मेयरका स्वतन्त्र उम्मेदवार शुभनारायण रौनियारले १, एमालेका ब्रिजेशप्रसाद चौहान १८२, राजपाका निजामुद्दीन समानीले ९८०, माओवादी केन्द्रका योगानन्दप्रसाद चौहानले ४६४ मत पाएपछि जमानत जफत भएको छ।   

बहुदरामाई नपामा मेयर पदका उम्मेदवार माओवादी केन्द्रका शिवशङ्करप्रसाद यादवले ५५३, फोरम लोकतान्त्रिकका विपिनप्रसाद यादवले ८६२, जनमोर्चाका दिगम्बरप्रसादले १२ मत ल्याएपछि उनीहरूको जमानत जफत भएको छ। वीरगंजमा २४ जना मेयरका उम्मेदवारको जमानत जफत भएकाे छ।

वीरगंज महानगरपालिकाको मेयर पदमा एक मत पनि नपाएका स्वतन्त्र उम्मेदवारमा महेशकुमार शर्मा, विजयकुमार दास तत्वा, छोटेलालप्रसाद कुर्मी, बसरूद्दीन मियाँ अन्सारी, राकेशकुमार साह, लालबाबू गुप्ता, सन्दिपकुमार साह, जुबेर हुसेन, जियाउल हक अन्सारी, मुस्तफा पवरिया मुस्लिम रहेका छन् । १ मत प्राप्त गर्ने मेयरका स्वतन्त्र उम्मेदवारमा धनेश साह कानू, शमीमअख्तर अन्सारी, समसुद्दीन मियाँ, गौतमकुमार साह, सुरेश महतो पासी, भूषण गिरी, नजिम मियाँ पवरिया रहेका छन्। यसैगरी २ मत प्राप्त गर्नेमा देउकीलाल साह कानू, सुनील साह तेली, ५ मत पाएका सर्फुद्दीन मियाँ, ८ मत पाएका महम्मद रजा, ९ मत पाएका बिकाउ राउत अहिर, २३ मत पाएका लक्ष्मण सा तेली, बिल्टु राउत बरईले २४ मत पाएका छन्। 

नेपाली जनता दलका जिल्ला अध्यक्ष  मनोज रौनियारले ११२ मत, नेकपा मालेका लक्ष्मीराज न्यौपानेले १४४, राप्रपाका अर्जुनबहादुर सिंह ठकुरीले २८४ मत प्राप्त गरेका छन्। चुनावमा थेरै मत पाएका यी सबै उमेदवारका जमानत जफत भएको हाे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell