PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक : बृहत् लोकतान्त्रिक मोर्चामा आबद्ध हुन आह्वान



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक : बृहत् लोकतान्त्रिक मोर्चामा आबद्ध हुन आह्वान

काठमाडौँ :  नेपाली कांग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरु त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नरहेको निष्कर्ष निकालेको हो। 

दलहरु फुट्नुभन्दा जुट्नु राम्रो भए पनि संविधान कार्यान्वयन नहुञ्जेल लोकतान्त्रिक र साम्यवादी विचार राख्ने दलका बीचमा समन्वय हुनुपर्ने विषयमा केन्द्रीय कार्य सम्पादन समितिमा छलफल भइरहेको नेता अर्जुननरसिंह केसीले बताए। 

उनले भने,‘एकदलीय पद्धति ठीक हुन्न भन्ने सोच राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक गठबन्धनमा एकीकृत गर्ने गरी बैठकमा छलफल सुरु भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्न पनि लोकतान्त्रिक मोर्चा अपरिहार्य बनेको छ।’

बुधबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो।

जसअनुसार बुधबार साँझ नै काँग्रेस, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो। 

बृहत् लोकतान्त्रिक मोर्चा र आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उम्मेदवारी तय गर्ने सम्बन्धमा छलफल गर्न शुक्रबार बिहान ८ बजे कांग्रेस केन्द्रीय कार्य समितिको बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell