PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

गृहमन्त्रीले भने–वाम एकताको उद्देश्य एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने हो, कसैप्रति लक्षित छैन



पहिलोपोस्ट

गृहमन्त्रीले भने–वाम एकताको उद्देश्य एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने हो, कसैप्रति लक्षित छैन

रुकुम : गृहमन्त्री जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले’ वाम एकताको सुरुवात भएको बताएका छन्।

रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि सुरुवात हुनाले देश विकास र प्रगतिको बाटोमा अगाडि बढेको बताए। 

‘एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ। सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध गर्यौँ’, शर्माले भने‘जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ। वैचारिक सहमति बनेपछि अलग अलग पार्टीमा बस्नुभन्दा पनि एउटै पार्टीको पहल सुरु गरिएको हो।’

मुलुकलाई राजनीतिक स्थायित्व दिन, आर्थिक समृद्धि दिन र संविधान कार्यान्वयनलाई अझ सफलतापूर्वक लैजानका लागि माओवादी केन्द्रका अध्यक्ष र नेकपा एमालेका अध्यक्षले एकार्काको आवश्यकता महसुस गर्नुका साथै एकअर्काको अस्तित्व स्वीकारेको बताए।

उनले भने,‘आरोप प्रत्यारोप त्यागेर वाम एकताका साथ उहाँहरु एक ठाउँमा आउनुभएको हो। यो कसैका विरुद्धमा भन्दा पनि देश र नेपाली जनताको समृद्धि र विकासका लागि हो।’ 

अब ओलीको नेता प्रचण्ड र प्रचण्डको नेता ओली भएको उनको भनाइ थियो। तत्कालीन नेकपा माओवादीको २०६४ सालको काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव नै पारित भएको र त्यसपछि दुई पार्टीबीच धेरै छलफल भए पनि अहिले त्यो सफल भएको शर्माले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell