PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

सप्तरीमा विद्युत चोरीमा संलग्न नौ जना पक्राउ, विद्युत् ऐनअनुसार कारबाही हुने



पहिलोपोस्ट

सप्तरीमा विद्युत चोरीमा संलग्न नौ जना पक्राउ, विद्युत् ऐनअनुसार कारबाही हुने

सप्तरी :  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरणको राजविराज वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी र उत्तरी भेगमा विद्युत्को खम्बाबाट तार टाँगेर चोरी गर्ने नौजनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

पक्राउ पर्नेमा डाकोश्वरी नगरपालिका–९ बस्ने सुशीलकुमार मेहता, रामनारायण शर्मा, सुशीलकुमार यादव, रवि साह, वडा नं ३ बस्ने नन्द मण्डल, लीलाकान्त खड्का र सुरुङ्गा नगरपालिका–३ बस्ने दीपेन्द्र चौधरी, रामसुन्दर साह तथा रुपनी गाउँपालिका–१ बस्ने प्रिन्सकुमार इसर छन्। 

उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही हुने केन्द्रका प्रमुख साहले बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell