PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

१० वर्षदेखि फरार अभियुक्त प्रकाश ठगुन्ना प्रहरीको फन्दामा



पहिलोपोस्ट

१० वर्षदेखि फरार अभियुक्त प्रकाश ठगुन्ना प्रहरीको फन्दामा

काठमाडौः प्रहरीले विभिन्न अपराधमा संलग्न १० वर्षदेखि फरार पृथ्वी मल्ल भनिने प्रकाश सिंह ठगुन्नालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मल्ललाई बुधवार कञ्चनपुरबाट पक्राउ गरेको हो। 

मल्ल तीन जनाको हत्या गरेको, लाखौं रकम डकैती र भोटाहिटीमा बम विष्फोट गराएको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए। 

मल्ल २०६४ साल साउनमा महानगरीय प्रहरी बृत बौद्धको थुनुवा कक्षबाट भागेका थिए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell