काठमाडौं : वाम गठबन्धनले एकाएक सुरु भएको राजनीतिक ध्रुविकरणको भविष्य के हुन्छ अहिल्यै भन्न नसकिने भए पनि चुनावसम्मका लागि भने राजनीति गर्माउने देखिएको छ।
नेकपा एमालेको छाताभित्र सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल आश्रय लिन पुगेपछि नेपाली कांग्रेसले पनि दलीय गुटबन्धी थाल्यो। हिरो राति नेपाली कांग्रेस नेतृत्वको टीमले गठबन्धन बनाउन कार्यदल तयार गरेको छ। राजनीतिक खेलको यो पाटोमा सबै दलबाट नेताहरु चयन गरिएका छन्।
आगामी निर्वाचनका लागि सुरु भएको गठजोड चुनावी तालमेलका लागिमात्र हो। वाम गठबन्धन भने चुनाव र त्यसपछि एकीकरणसम्मको रणनीतिसाथ अघि बढेको छ। कांग्रेससहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।
आवश्यक गृहकार्य गर्न बनेको कार्यदलका नेता को?
कांग्रेस
विमलेन्द्र निधि,
पूर्णबहादुर खड्का
डा मीनेन्द्र रिजाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
बुद्धिमान तामाङ
राप्रपा प्रजातान्त्रिक
विक्रम पाण्डे
संघीय समाजवादी फोरम नेपाल
रामसहाय यादव
राष्ट्रिय जनता पार्टी नेपाल
सर्वेन्द्रनाथ शुक्ल
नेपाल लोकतान्त्रिक फोरमबाट
रामजनम चौधरी