PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

पाकिस्तानकाे मस्जिदमा आत्मघाती बिस्फोट, कम्तीमा १३ को मृत्यु



पहिलोपोस्ट

पाकिस्तानकाे मस्जिदमा आत्मघाती बिस्फोट, कम्तीमा १३ को मृत्यु

पाकिस्तान: पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुश्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्।

घटनामा २० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

बोलिचिस्तानको गान्दवा क्षेत्रको झाल माग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्र हो।

मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जिद परिसरमा पस्न रोकेपछि बाहिरै बिस्फोट गरिएको हो। मस्जिद बाहिर बिस्फोट हुँदा प्रार्थना गरी फर्कँदै गरेका १३ जना गाउँलेहरूको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय वरिष्ठ सरकारी अधिकारी असाद ककारले एएफपीलाई बताए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell