PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राष्ट्रपति भण्डारी धार्मिक यात्रामा, आज गोसाइकुण्ड जाँदै



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी धार्मिक यात्रामा, आज गोसाइकुण्ड जाँदै
तस्बिर: फाइल

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आज रसुवाको गोसाइकुण्ड दर्शनका लागि जाने भएकी छन्। गोसाइकुण्ड प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित छ। पूर्व निर्धारित कार्यतालिका अनुसार शुक्रबार बिहान ८ः३० बजे राष्ट्रपति भण्डारी गोसाइकुण्ड प्रस्थान गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको तीर्थयात्राको सुरक्षा प्रवन्धका लागि राष्ट्रपति कार्यालयले यसअघि नै गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

गोसाइकुण्डमा गरिने स्नान र दानले चिताएको पूरा हुने धार्मिक विश्वास छ। समुन्द्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको गोसाइकुण्डमा सूर्य, भैरव सरस्वती लगायतका १०८ कुण्ड छन्। गोसाइकुण्डमा जनैपूर्णिमाका दिन भने विशेष मेला लाग्ने गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell