PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

एमाले चितवनद्वारा उम्मेदवार सिफारिस, बाहलवाला दुई सांसद सर्वसम्मत



पहिलोपोस्ट

एमाले चितवनद्वारा उम्मेदवार सिफारिस, बाहलवाला दुई सांसद सर्वसम्मत

रत्ननगर : नेकपा एमाले चितवनले प्रतिनिधि  र प्रदेश सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ।

समानुपातिक बाहेकको सदस्य टुंगो लगाएको एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।

चितवनमा तीन वटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि पूर्वअर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको हो।

क्षेत्र नम्बर ३ मा भने घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बिना तिमिल्सिना र रवीकिरण पौडेलको नाम प्रस्ताव भएको जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिए।

प्रदेश सभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को (क) मा दावा लामा र कृष्ण पन्त तथा (ख) मा कृष्ण खनाल एवं क्षेत्र नम्बर २ को (क) मा विजय सुवेदी र (ख) मा तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ।

क्षेत्र नम्बर ३ को (क) मा कृष्ण भुर्तेल सर्वसम्मत भए पनि (ख)मा भने १० जनाको नाम आएकाले सबै नाम सिफारिस गरेको छ। यस्तै समानुपातिकतर्फको करिब ५० जनाको नाम आएकाले छनोट गरेर पठाइने एमाले चितवनले जनाएको छ।

यसअघि नेपाली काँग्रेस चितवनले भने २७७ जनाको नाम सिफारिस गरेर पठाइसकेको छ।

नेकपा (माओवादी केन्द्र) चितवन भने छनोटको क्रममै रहेको जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell