PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

जर्मनी र इंगल्याण्ड विश्वकपमा छनोट



पहिलोपोस्ट

जर्मनी र इंगल्याण्ड विश्वकपमा छनोट

विश्व विजेता जर्मनी र इंगल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन्। गएराति भएको खेलमा जित हात पार्दै दुवै टोली समूहमा एक खेलअघि नै छनोट भएका हुन्।

जर्मनीले समूह सी'मा उत्तरी आयरल्याण्डलाई ३-१ ले पराजित गर्दै समूह विजेता बन्यो। जर्मनीको सेबास्टिन रुड्डी, सान्ड्रो वागनर र जोसुअ किमिचले एक एक गोल गरे। उत्तरी आयरल्याण्डका लगि जोस मेगेनिसले सान्त्वना गोल फर्काए। ९ खेलबाट जर्मनीले २७ अंक जोड्दा दोस्रो स्थानको उत्तरी आयरल्याण्डको १९ अंक मात्र छ।

यस्तै समूह एफ'मा स्लोभेनियालाई १-० ले पराजित गर्दै इंगल्याण्ड समूह विजेता बनेको हो। इंगल्याण्डका लागि कप्तान ह्यारी केनले विजयी गोल गरे। इंगल्याण्डले ९ खेलबाट २३ अंक जोड्यो भने दोस्रो स्थानमा रहेको स्कटल्याण्डको १७ अंक छ। 

युरोपबाट यसअघि आयोजकका हैसियतमा रसिया र बेल्जियम छनोट भइसकेका छन्।

यता रोवर्ट लेवान्डास्कीले ह्याट्रिक गरेपछि समूह इ'मा पोल्याण्डले अर्मेनियालाई ६-१ ले पराजित गर्दै विश्वकपमा छनोट नजिक पुगेको छ। पोल्याण्डको लागि कमिल ग्रोसिकी, ज्याकुव ब्लाजकोवस्की र राफा वल्स्कीले एक-एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell