काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज रसुवाको गोसाइकुण्डमा पूजा अर्चना गरेकी छन्।
नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार बिहान राष्ट्रपति भण्डारी गोसाइकुण्ड पुगेकी हुन्। बिहान करिव १० बजे पूजा अर्चना सकेर भण्डारी धुन्चेस्थित सेनाको व्यारेकमा फर्किएकी थिइन्।
राष्ट्रपतिको धार्मिक यात्रामा छोरी–ज्वाइँ पनि साथमा छन्।
गोसाइकुण्ड प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित छ। गोसाइकुण्डमा गरिने स्नान र दानले चिताएको पूरा हुने धार्मिक विश्वास छ। समुन्द्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको गोसाइकुण्डमा सूर्य, भैरव सरस्वती लगायतका १०८ कुण्ड छन्। गोसाइकुण्डमा जनैपूर्णिमाका दिन भने विशेष मेला लाग्ने गर्दछ।