PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

फ्राइडे रिलिज: मोफसलमा 'मेरो पैसा खै?'



पहिलोपोस्ट

फ्राइडे रिलिज: मोफसलमा 'मेरो पैसा खै?'

काठमाडौं : यो साता फ्राइडे रिलिजअन्तर्गत एक नेपाली फिल्म काठमाडौं बाहिरको लागि सार्वजनिक भयो। फूलपातीको अवसरमा उपत्यका रिलिज गरिएको फिल्म 'मेरो पैसा खै?' मोफसलमा शुक्रबारबाट मात्र प्रदर्शनमा आएको हो।

रोज राणाको निर्माण तथा निर्देशन रहेको फिल्म डिसहोममा यसअघि नै प्रदर्शनमा आएको थियो। कमेडी जनराको फिल्ममा सौगात मल्ल, बुद्धी तामाङ, वर्षा राउत, छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी तगायत कलाकारको अभिनय रहेको छ। बलिउड र हलिउडतर्फ भने कुनै नयाँ फिल्म नेपालमा रिलिज भएनन्।

गत साता नै सार्वजनिक छक्कापञ्जा २, जुडुवा २ र किंग्सम्यानले अझै पनि मल्टिप्लेक्स र सिंगल स्क्रिनहरुमा शो पाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell