PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

बाली ज्वालामुखीका कारण डेढ लाख विस्थापित



पहिलोपोस्ट

बाली ज्वालामुखीका कारण डेढ लाख विस्थापित
फोटो श्रोतः express.co.uk

जाकार्ता : इन्डोनेसियाको बालीमा आएको ज्वालामुखीका कारण विस्थापित हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ। 

माउन्ट अगुङ नामक ज्वालामुखीले यती धेरै जनालाई विस्थापित गराएको विपद व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन्। 
स्थानीय काराङ असेम भन्ने ठाँउमा आएको ज्वालामुखी तीन हजार ३१ मिटर माथिसम्म आएको अधिकारीहरुले बताएका छन्। उनीहरुले त्यस क्षेत्रलाई अति उच्चजोखिम क्षेत्र घोषणा गरेका छन्। 

विस्थापितहरुलाई चार सय बढी शिविरहरुमा राखिएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले सिन्ह्वालाई जानकारी दिए। 

घटनास्थलबाट झण्डै १२ किलोमिटर वरिपरीको क्षेत्रलाई प्रवेश निषेध घोषणा गरिएको छ। 

यस्तै प्रकारको ज्वालामुखी सन् १९६३ मा पनि आएको थियो। त्यस ज्वालामुखीका कारण झण्डै एघार सयको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell