PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

सुस्तमनस्थिति महिलालाई बलात्कार गर्न खोज्ने पक्राउ



पहिलोपोस्ट

सुस्तमनस्थिति महिलालाई बलात्कार गर्न खोज्ने पक्राउ

भीमदत्तनगरः सुस्तमनस्थिति भएकी महिलालाई बलात्कार गर्न खाज्ने रिक्सा चालकलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलकी ३८ वर्षीय महिलालाई बलात्कार गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई करणी उद्योगमा मुद्दा दर्ता गरिएको जानकारी दिए। 

उनकाअनुसार महिलालाई जबरर्जस्ती गर्न खोज्दा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell