काठमाडौं: पञ्चायत कालको कथामा आधारित फिल्म 'पञ्चायत'को गीत सार्वजनिक भएको छ। विहीबार 'छोरीको कर्म' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा मुख्य कलकार नीता ढुङ्गानाको फिचरिङ रहेको छ। गीतमा सरु गौतमले स्वर दिएकी छिन् भने शिवम अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ।
फिल्ममा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ।
फागुन १७ गते रिलिज टार्गेट गरेको ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले संयुक्त रुपमा निर्माण गरेका हुन्। शिवम अधिकारीको निर्देशन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ।