PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

छोरा आदित्यको बचाउमा गायक उदितनारायण झा



पहिलोपोस्ट

छोरा आदित्यको बचाउमा गायक उदितनारायण झा

छोरा आदित्यनारायण झाले गरेको गल्तीबारे गायक उदितनारायण झा बोलेका छन्। उनले छोराको गल्ती स्वीकार्दै माफी माग्नु पर्नु बताएका हुन्। बलिउड हंगामामा जनाइए अनुसार झाले आदित्यले माफी माग्नु पर्ने भए पनि ठूलो अपराध नगरेको प्रष्टिकरण दिए।

यसअघि आफूलाई आदित्यले गरेको दुर्व्यवहारबारे थाहा नभएको जनाउँदै, 'कसैले खबर गरेपछि हामीलाई उक्त कुरा विश्वास गर्न गाह्रो भयो। किनकी हाम्रो एक्लो छोरालाई सधै उचित संस्कार दिएका थियौँ।' छोराले दुर्व्यवहार गरेको भिडियो हेरेपछि बल्ल घटनामा विश्वास गरेँ। तर छोरालाई बचाउ गर्न पनि चुकेनन् उनी। झाले प्राय: एयरपोर्टमा यस्तो घटना भोगेको भए पनि आदित्य चाहिँ भिडियोमा रेकर्ड हुन पुगेको बताए। 'हो उसले गल्ती गर्यो। म मुम्बई फर्केर आममाफी माग्न लगाउँछु। तर, यो ठूलो अपराध होइन। ठूलै अपराध जस्तो बनाइएकाले ऊ डराएको छ।'

भारतको रायपुरबाट मुम्बई यात्रामा रहेका गायक आदित्य नारायणले इन्डियो एयरलाइन्सका ग्राउन्ड स्टाफलाई दुर्व्यवहार गरेका छन्।अतिरिक्त व्यागेजको पैसा तिर्न भनेपछि आदित्य भड्किएका थिए। चर्चित गायक उदितनारायणका छोरा आदित्यले विमानका कर्मचारीलाई अपशब्दसमेत बोलेका थिए। इन्डिगोका प्रवक्ताले आदित्यनारायण फ्लाइट नम्बर सिक्स इ २५८ बाट रायपुर – मुम्बई जाँदै थिए। उनको समूहमा पाँच जना थिए र लगेजको लागत १३ हजार रुपैयाँ थियो। तर, आदित्यले त्यो रकम तिर्न मानेनन्। उनले १० हजारभन्दा बढी नतिर्ने बताएका थिए भने कर्मचारीलाई मनपरी भनेका थिए।

उनलाई बोली सम्हाल्नभन्दा झन चर्किएका थिए। मनपरी जारी राखे विमानमा नउडाउने बताएपछि अन्तिममा ग्राउन्ड स्टाफसँग माफी मागे। त्यसपछि मात्र उनले बोर्डिङ पास पाएका थिए।

इन्डिगोले आफ्ना कर्मचारीमाथि खराब व्यवहार नसहने प्रस्ट्याएको छ। यसबारे मिडिया र सामाजिक सञ्जालमा भएको टिका टिप्पणीले आदित्य आत्तिएको उदितनारायण झाको दाबी छ। भने,'यस विषयमा धेरैतर्फबाट प्रेसर दिइएकोले मेरो छोरा नर्भस भएको छ। उसलाई समय दिनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell