PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

चुनाव लड्न भारतका लागि नेपाली राजदूत उपाध्यायले दिए राजिनामा 



पहिलोपोस्ट

चुनाव लड्न भारतका लागि नेपाली राजदूत उपाध्यायले दिए राजिनामा 

काठमाडौंः आगामी मंसिर १० र २१ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजदूत पदबाट राजिनामा दिएका छन्। 

कपिलवस्तुबाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुने तयारी स्वरुप उनले राजिनामा गरेका हुन्।

पहिलोपोष्टसँग कुरा गर्दै राजदूत उपाध्यायले परराष्ट्र मन्त्रालयमार्फत राजिनामाको प्रक्रिया अघि बढाएको पुष्टि गरे। 

तत्कालिन कांग्रेस सभापति स्व.सुशील कोइरालाको प्रधानमन्त्रीकालमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका उनी केपी ओलीको प्रधानमन्त्री कालमा फिर्ता बोलाईएका थिए।

मधेश आन्दोलनका बहानामा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी फुकाउन आवश्यक कुटनीतिक सहयोग नगरेको आरोपमा ओली सरकारले उनलाई फिर्ता बोलाएको थियो।

तर नेपाली कांग्रेस र माओवादी गठबन्धनको नयाँ सरकार बनेपछि प्रधानमन्त्री प्रचण्डको पालामा एक वर्ष अघि उपाध्यायलाई भारतकै लागि नेपाली राजदूतमा पुनः नियुक्त गरिएको थियो।

पछिल्लो पटक उनले करिव १० महिना मात्रै राजदूतको जिम्मेवारी पूरा गरे। राजदूत उपाध्याय कुटनीतिक जिम्मेवारीमा आउनुपूर्व पनि कपिलवस्तुबाट निर्वाचित हुने कांग्रेस सांसदमा गनिन्थे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell