PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

समय र राम्रो पैसा मिले शाहरुख खानले 'बिग बोस' होस्ट गर्ने



पहिलोपोस्ट

समय र राम्रो पैसा मिले शाहरुख खानले 'बिग बोस' होस्ट गर्ने

बलिउड बादशाह फिल्ममा मात्र होइन टेलिभिजन रियालिटी शोमा पनि आफूलाई प्रस्तुत गर्न माहिर छन्। 'कौन बनेगा करोडपति ३'मा निकै रुचाइएका अन्य कार्यक्रमहरु 'क्या आप पाँच्वि पास से तेज है?'मा पनि प्रस्तोतामा देखिए। हाल उनी 'टेड टक्स इन्डिया- नयाँ सोंच'बाट पुन: टिभी रियालिटीमा फर्किएका छन्।

बलिउड हंगामाका अनुसार कार्यक्रम उद्घाटन प्रेस सम्मेलनमा शारुख खानलाई साेधिएकाे प्रश्न - 'के तपाई बिग बोसको होस्ट बन्न चहानुहुन्छ?' उनले प्रश्नको सहज जवाफ दिए,'समय र राम्रो पैसा मिल्यो भने अवश्य गर्न चहान्छु।' मजाकको शैलीमा बोले,'मैले धेरै कार्यक्रम होस्ट गरेको छु नि यार। यो त्यो कार्यक्रम भन्ने नै हुँदैन। तर आजसम्म बिग बोस जस्तो कार्यक्रमको लागि अफर आएको छैन।'

पछिल्ला फिल्महरुमा समिक्षकबाट राम्रो प्रतिक्रिया नपाएका शाहरुख अब केही समय 'टेड टक्स इन्डिया- नयाँ सोंच'का लागि व्यस्त रहनेछन्। उनको आगामी फिल्म 'ड्राफ' पनि प्रोडक्शनको फेजमा रहेको छ। जसमा उनी होचो कदको पात्रमा देखिँदैछन्। फिल्ममा अनुस्का शर्मा र कट्रिना कैफको पनि अभिनय रहनेछ। फिल्मले सन् २०१८ को क्रिस्टमसलाई रिलिज टार्गेट बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell