
मस्को : रुसको राजधानी मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल आपसमा ठोक्किदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किएका हुन्।
स्थानीय समायअनुसार शुक्रबार बिहान करिब साढे ३ बजे दुर्घटना भएको थियो।
गृह मन्त्रालयले दुर्घटनामा परी मारिएका व्यक्तिहरुमा बस र रेल दुबैका यात्रुहरु रहेका जनाएको छ।रासस/एएफपी