PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

किन मर्छन् भारतीय अस्पतालमा नवजात शिशु ?



पहिलोपोस्ट

किन मर्छन् भारतीय अस्पतालमा नवजात शिशु ?
फोटो श्रोतः  hindustantimes.com

नयाँदिल्ली : भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको छ। 

भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन्। यसरी शिशुको मृत्यु हुने गरेको खबरमा आसामको यो पछिल्लो उदाहरण हो। 

आसामको सरकारी अस्पताल फखारुद्दिन अलि अहमद मेडिकल कलेजमा जन्मिएका ती शिशुको बिहीबार बिहानसम्म २४ घण्टाभित्र ज्यान गएको अस्पतालका अधिकारीहरुले पुष्टी गरेका छन्। 

असामको बारपेटा जिल्लामा रहेको सो अस्पताल दिसपुर जिल्लाबाट करिब १०२ किलोमिटर टाढा पर्दछ। तीन जनाको बुधबार बेलुका र अरु दुईको बिहीबार बिहान मृत्य भएको जनाइएको छ। 

यसरी मृत्यु भएकामा तीन जना उही दिन जन्मिएका थिए भने अरु दुई जना महिना दिन भित्रका थिए। 

यी मृत्यु मेडिकल अधिकारीहरुले भन्ने गरेजस्तै नवजात शिशुमा अक्सिजनको कमी भएकोले मृत्यु भएको जनाएका छन्। तर त्यसलाई स्थानीय नागरिक तथा पीडितहरुले भने स्वीकारेका छैनन्। 

आमसर्वसाधारणले यसरी अस्पतालमा शिशु मारिनु चिकित्सकको लापरवाही हो भनेका छन्। त्यस्तै उनीहरुले शिशुहरुको मृत्यु हुनुको पछाडि अस्पतालमा पूर्वाधारको कमी भएकाे बताएका छन्। 

धेरै त उनीहरुले चिकित्साकाे लापरवाही नै बढी जिम्मेवार रहने गरेको दाबी गर्छन्। भारतीय चिकित्सकहरु यो स्वीकार गर्न तयार छैनन्। 

सो अस्पतालमा अहिले अरु पनि कयौं शिशुको स्वास्थ्य अवस्था खराब छ। चिकित्सकहरुले उक्त अस्पतालमा जन्मिदै अक्सिजनको कमी भएका, जन्मिदै आवश्यक भन्दा कम तौलमा जन्मिएका र अरु जटिलताका कारण शिशुहरु गम्भीर अवस्थामा रहेकोले उनीहरुलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको बताएका छन्। 

ती आठजना शिशुको ज्यान गएको घटनाको आवश्यक छानविन गर्न आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले आदेश दिएका छन्। तर चिकित्सक र अस्पतालका अधिकारीहरुले उनीहरुमा पनि जन्मिदै अक्सिजनको कमी थियो र पछि ज्यान गएको बताएका छन्।

स्वास्थ्यमन्त्रीले भनेका छन्– चिकित्सक एवम् स्थानीय अस्पतालका अधिकारीहरुले लापरवाही भएको भन्ने समाचार स्वीकार नगर्ने गरेकोले स्वतन्त्र रुपमा तथ्य आओस भनेर हामीले युनिसेफका विज्ञहरुलाई पनि अनुसन्धानका लागि पठाएका छौँ। 

गत महिनामात्र पनि उत्तरी भारतीय राज्य उत्तरप्रदेशको एउटा सरकारी अस्पतालामा मात्र एक महिनाभित्र ४९ जना बालबालिकाको मृत्यु भएको विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका थिए। तर त्यसको तथ्य भने बाहिर आएको छैन। 

उत्तर प्रदेशका कतिपय तथा विशेषगरी सरकारी अस्पतालमा केही समययता नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ।

त्यस विषयमा अन्य अस्पतालको अवस्थाका बारेमा पनि अनुसन्धान गरिने उत्तर प्रदेश राज्यका सरकारी अधिकारीले जानकारी दिएका छन्। 

उनका अनुसार सो अस्पतालमा त्यति ठूलो सङ्ख्यामा के कसरी बालबालिकाको ज्यान गएको छ भनेर खोजी गरिने छ।

यस विषयमा सर्वसाधारणमा व्यापक मात्रामा चासो बढेको छ। उनीहरुले संगठित रुपमा नै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने माग गरिरहेका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell