PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

नयाँ नाम सहित 'डमरुको डण्डीबियो' बन्ने घोषणा



पहिलोपोस्ट

नयाँ नाम सहित 'डमरुको डण्डीबियो' बन्ने घोषणा

काठमाडौं: पशुपती प्रसाद, धनपती, टलकजंग भर्सेस टुल्के लगायत फिल्म लेखेर फिल्म क्षेत्रमा अभिनेतासँगै लेखकको रुपमा पनि स्थापित भएका पात्र हुन् खगेन्द्र लामिछाने। लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा नयाँ फिल्म घोषणा भएको छ। फिल्म 'डमरुको डण्डीबियो' बन्ने भएको हो। समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा सुमी श्रेष्ठ घले र विनोद गुरुङले निर्माण गर्न लागेका हुन्। फिल्ममा छेतन गुरुङको निर्देशन रहनेछ। उनको यो डेब्यु निर्देशन हो।

यसअघि फिल्मको नाम 'खोकबहादुरको डण्डीबियो' नाम सहित पोस्टर डिजाइनर आनन्द कुमार महर्जनले जानकारी सार्वजनिक गरेका थिए।



तर फिल्म निर्माण युनिट औपचारिक घोषणामा नयाँ नाम सहित प्रस्तुत भए।

अभिनयमा अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धी तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण बिक्रम बस्नेत, अंकित खड्का लगायत कलाकार छन्। फिल्ममा संगीत काली प्रसाद बास्कोटाको रहनेछ। यही आसोज २२ गतेबाट छायांकनको लागि फ्लोरमा उत्रने फिल्म लम्जुङको घले गाउँ र काठमाडौंमा छायांकन हुनेछ।

निर्माता विनोद गुरुङले दिएको जानकारी अनुसार फिल्मको बजोट १ करोड ५० लाख रहेको छ। भने,'यो फिल्म व्यवसायिक हो नै। साथै डण्डीबियो खेलको प्रवर्द्धनका लागि पनि फिल्मले योगदान पुर्याउने छ।' गरुङले दिएको जानकारी अनुसार फिल्मको रिलिज टार्गेट आउँदो चैत महिना हो। 



फोटो: उद्दव रसाईली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell