PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

केपी ओलीको कटाक्ष : बुढो रुखमुनि युरिया, पानी हालेर काम लाग्दैन



सविन ढकाल

केपी ओलीको कटाक्ष : बुढो रुखमुनि युरिया, पानी हालेर काम लाग्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'बुढो रुखमुनि युरिया पानी हालेर काम लाग्दैन' भन्दै एमालेमा आबद्ध हुन आग्रह गरेका छन्। पूर्वडिआइजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउने क्रममा उनले यस्तो आग्रह गरेका हुन्।

'एमाले भेल भएको पार्टी हो। एमालेले मात्र देशको विकास गर्छ, 'ओलीले पार्टी प्रवेश गराउने कार्यक्रममा भने, 'तीनवटा प्रधानमन्त्री भएको, महिला राष्ट्रपति र रक्षामन्त्री बनाउने पार्टी एमाले मात्र हो। अब देश एमालेले मात्र बनाउँछ।'

उनले पद अवसर एमालेमा मात्र भएकाले सबैलाई पार्टीमा आउन आग्रह गर्दै 'डिआइजीको त किर्ते गर्ने सरकारले अरु को के गरेको होला?,' उनले भने। 

'सुन्दर देशलाई अब दु:ख कष्टमा छोड्न सक्दिन। कम्युनिष्ट मिले भनेर आत्तिसके। सत्तामा हामी ढ्याक पसारेर बसिनम,भन्दै भने 'अल्पमतमा पर्ने बित्तिकै राजीनामा दिएको थिएँ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell