PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

कर्मचारी समायोजन विधेयक पारित : स्वेच्छिक अवकासमा जानेलाई ७ वर्षको पेन्सन



पहिलोपोस्ट

काठमाडौं : कर्मचारी समायोजन विधेयक आजको संसदबाट पारित भएको  छ। पारित विधेयकअनुसार २० वर्ष सेवा गरेका र उमेरले ५० कटेका कर्मचारीका लागि लागू हुने गरी स्वेच्छिक अवकाशको व्यवस्था गरिएको छ। एक पटकमात्र लागू हुने गरी गरिएको व्यवस्था अनुसार यसरी स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई पछिल्लो ग्रेटका आधारमा ७ वर्षको पेन्सन एकमुष्ठ दिइने छ। 
पूरा भएन कर्मचारीको माग

स्थानीय तहमा समायोजन हुँदा एक पद बढुवा हुनुपर्ने माग राख्दै आएका कर्मचारीको मागलाई विधेयकले लत्याएको छ। स्थानीय निकायमा कर्मचारी व्यवस्थापन गर्न सरकारलाई कठिन पर्दै आएको छ। साथै विधेयकले कर्मचारी समायोजन गर्नेक्रममा कर्मचारीको पेशागत संगठनको संलग्नता हुनुपर्ने मागलाई पनि अस्वीकार गरेको छ।

साथै विधेयकमा हाल रिक्त दरवन्दीमा आन्तरिक र खुला पदपूर्ति गरिने तर नयाँ दरवन्दी भने सिर्जना नहुने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell