PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

अवैध बिटक्वाइन कारोबारी सक्रिय, सात जना पक्राउ



सविन ढकाल

अवैध बिटक्वाइन कारोबारी सक्रिय, सात जना पक्राउ

काठमाडौं : अवैध बिटक्वाइन कारोबारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्त प्रताप शाह, नुवाकोटकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, काठमाडौंका दमन बस्नेत र रुपन्देहीका मनिष कुमार गिरी छन्। 

उनीहरुलाई केही समयको अनुसन्धानपछि पक्राउ गरिएको डिआइजी पुष्कर कार्कीले जानकारी दिए। शुक्रवार आयोजित पत्रकार सम्मलेनमा डिआइजी कार्कीले भने–दुई साताको अनुसन्धानपछि पक्राउ गर्न सफल भएका हौं।

नेपालमा बिटक्वाइन कारोवार सन् २०१३ वाट सुरु भएको प्रहरीको दाबी छ। सुरुमा १० सेन्ट पर्ने एउटा बिटक्वाइनको अहिले नेपालमा चार हजार तीन सय त्रियानब्बे डलर पर्ने डिआइजी कार्कीले बताए। 

सात जनाले अहिलेसम्म  दुई वर्षको अवधिमा नेपाल १३ लाख डलरसम्म कारोवार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

के हो बिटक्वाइन ?
यो एउटा डिजिटल प्रविधिबाट हुने अवैध भुक्तानी प्रणाली हो। अनलाइनमा क्वाइन खरिद गरी बाह्य देशहरुमा पैसा वा सेवा खरिद गर्ने गरिन्छ।

विश्वका केही देशहरुमा यसलाई कानुनी मान्यतासमेत दिएको पाइन्छ । नेपाल राष्ट्र बैक ऐन २०५८ अनुसार नेपालमा भने यो कारोबार गैरकानुनी मानिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell