PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सुनसरीमा राजपा नेपालका कार्यकर्ताले गरे  पार्टी कार्यालयमा तालाबन्दी



पहिलोपोस्ट

इनरुवा : सुनसरीको इनरुवास्थित राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा राजपाका कार्यकर्ताले तालाबन्दी गरेका छन्। 

पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहुँदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।

राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो। जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell