PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

रामचन्द्र पौडेलकाे अाराेप : कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुन सक्दैनन्



पहिलोपोस्ट

रामचन्द्र पौडेलकाे अाराेप : कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुन सक्दैनन्

काठमाडौँ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्ने बेला आएको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन, २०७४ लक्षित गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रमलाई आज सम्बोधन गर्दै पौडेलले कांग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई कसैले मेटाउन नसक्ने दाबी गरे। 

कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने उल्लेख गर्दै पौडेलले कम्युनिष्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको बताए। 

कांग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी, शिक्षा, स्वास्थ्यसम्बन्धी विषय समेट्न उनले सुझाव दिए। 

कांग्रेस नेता महेश आचार्यको संयोजकत्वमा तयार हुने नेपाली कांग्रेस घोषणपत्र, २०७४ मा समेट्नुपर्ने विषयमा कांग्रेस निकट विभिन्न पेशागत संघले रचनात्मक सुझाव दिएका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell